जनकपुरधाम नगरक्षेत्रमा आजदेखि माछा, मासु र मदिरा बेच्न रोक

सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवलाई लक्षित गरी जनकपुरधाम नगरक्षेत्रमा आजदेखि माछा, मासु र मदिरा विक्री वितरणमा रोक लगाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका तथा स्थानीय प्रशासनले एक सूचना जारी गर्दै आजदेखि नगरक्षेत्रमा माछा, मासु र मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।

विवाह पञ्चमी महोत्सवलाई मध्यनजर गर्दै आजदेखि मंसिर २६ गतेसम्म मासु, मदिरा तथा लागुपदार्थ सेवन र बिक्री वितरणमा पूर्णरूपले निषेध गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसाद उपाध्यायले बताए ।

यस वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज जनकपुरधाम नगर दर्शन, १८ गते फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामलेवा विधिको कार्यक्रम आयोजना गरिन लागिएको हो ।





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १६:४१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया