प्रदेश-२ कांग्रेस अधिवेशन स्थगित हुने सम्भावना

नेपाली कांग्रेस प्रदेश–२ को अधिवेशन स्थगित हुने सम्भावना बढेको छ । अधिवेशन उद्घाटन भएको ४ दिन बितिसक्दासमेत आठवटै जिल्लाको मतदाता नामावली आउन नसकेकाले निर्वाचन प्रक्रिया सुरु हुन नसकेको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश–२ का कयौँ जिल्लामा विवाद कायमै रहेको देखिएपछि अधिवेशन नै स्थगित हुने सम्भावना बढेको हो । प्रदेशका ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्रहरू छन् । जसमध्ये सर्लाही, सप्तरी र रौतहटबाट मतदाताहरूको नाम आउन नसकेको समितिले जनाएको छ ।

सर्लाहीको धेरै वडामा अधिवेशन हुन बाँकी छ । जिल्लाको निर्वाचन समितिहरूबाट प्राप्त हुनुपर्ने मतदाता नामावली अझै प्राप्त हुन नसकेकाले पूर्वघोषित निर्वाचन तालिकाअनुसार प्रक्रिया अगाडि बढाउन नसकिएको प्रदेश–२ का संयोजक रमेश रिजालले बताए । 

उनले भने, ‘निर्वाचन तालिकाअनुसार मंसिर १८ गते निर्वाचन गर्नुपर्नेमा त्यो हुन सकेन, मतदाता नामावली ३ जिल्लाबाट आउन सकेको छैन, त्यसैले सम्भावना पनि न्यून लागिरहेको छ ।’ 

मतदाताहरूको नामावली आउन नसकेकाले मनोनयन पत्र दर्ता गर्ने कार्य स्थगित गर्नु परेको रजिष्ट्रेशन संयोजक विश्वेश्वर यादवले जानकारी दिए । रौतहट र सप्तरीमा प्रतिनिधि छनोट गरिए पनि नामावली प्राप्त हुन नसकेको यादवले जनाए । 

स्रोतका अनुसार आज निर्वाचन प्रक्रिया अगाडि बढ्न नसके प्रदेश–२ कांग्रेस महाधिवेशन पछि गरने तयारी गरिएको छ । 





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार ११:४३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया