कमल थापाका भतिज अभिषेकले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने

राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाका भतिज अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने बताएका छन् । 

हालै सम्पन्न एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी अन्ततः राजीनामा दिने तयारीमा पुगेका हुन् । महाधिवेशनमा आफूहरूमाथि षड्यन्त्र भएकाले नैतिकताका आधारमा बस्न नमिल्ने भएकाले सदस्यबाट राजीनामा दिने लागेको अभिषेकले बताए । 

‘पार्टी र राजतन्त्रका लागि हाम्रो परिवारले धेरै योगदान गर्‍यो । तर, जसको लागि योगदान गरियो, उसैले नै षडयन्त्रपूर्वक पराजय गराउन भूमिका खेल्यो । अब पार्टी केन्द्रीय कमिटीमा बस्नु नैतिकताले दिएन । सहकर्मीसँग सल्लाह गरेर केन्द्रीय सदस्यबाट राजीनामा दिने तयारीमा छु’, उनले सञ्चारकर्मीसँग भने ।  

अध्यक्षमा काका कमल थापा पराजित भएपछि उनले सदस्यबाट राजीनामा दिन लागेका हुन् । थापा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन् ।  





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १३:२९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया