भारतमा ओमिक्रोन भेरियन्टबाट संक्रमितको हुनेको संख्या २१ पुग्यो

भारतमा नयाँ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमितको हुनेको संख्या दिनहुँ बढिरहेको छ । समाचार एजेन्सी एएनआईका अनुसार २४ घण्टामा त्यहाँ १७ जनामा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

आइतबार राजस्थानमा नौ, महाराष्ट्रमा सात र दिल्लीमा एकजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा ओमिक्रोनबाट संक्रमितको हुनेको संख्या २१ पुगेको छ ।

भारतमा संक्रमण पुष्टि भएका नयाँ ओमिक्रोन संक्रमित दक्षिण अफ्रिका र नाइजेरियाबाट स्वदेश फर्किएका थिए ।

एजेन्सीका अनुसार महाराष्ट्रमा देखिएका ओमिक्रोन संक्रमितमा एक महिला पनि छिन् । साथै, उनका भाइसहित दुई छोरीलाई पनि संक्रमण पुष्टि भएको छ ।

नोभेम्बरको सुरुमा दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्टको संक्रमण अन्य देशमा पनि देखिन थालेको छ । नेपालमा भने हालसम्म यो भेरियन्टको संक्रमण पुष्टि भइसकेको छैन ।   





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार ६:५३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया