नेपाल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

नेपाल बैंकको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । 

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले २१ मंसिरमा बुक क्लोज गर्ने भएको छ । नेप्सेमा सोमबारसम्म कायम रहेका सेयर धनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् । 

बैंकले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश पारित गर्न २ पुस साधारणसभा आह्वान गरेको छ । 

आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, नाफा/नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने साधारणसभाको एजेण्डा छ । 





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १०:३२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया