भक्तपुर अटोमोबाइल्स एसोसिएसनकाे अध्यक्षमा दीपेन्द्र खर्वुजा

भक्तपुरमा सञ्चालित अटोमोबाइल्स व्यवसायी संगठित भएका छन् । व्यवसायीको भेलाले दीपेन्द्र खर्वुजाको अध्यक्षतामा भक्तपुर अटोमोबाइल्स एसोसिएसन गठन गरेकाे छ ।

एसोसिएसनको सचिवमा स्वयम्भुरत्न शाक्य, कोषाध्यक्षमा सुरेन्द्रप्रसाद प्रजापति तथा सदस्यमा दीपेश बेजू, राजेश कवां, महेन्द्र दुवाल र रामकृष्ण श्रेष्ठ चयन भएका छन् ।

भक्तपुरका अटोमोबाइल्स व्यवसायीको हकहित, सामाजिक काम र सीपमूलक तालिम आयाेजना गर्न एसाेसिएसन गठन गरिएकाे उनले बताए ।

एसोसिएसनमा अटोमोबाइल्स शोरुम, अटोमोबाइल्स रिकण्डिशन (एक्सचेन्ज), अटोमोबाइल्स पार्ट तथा लुव्रिकेन्टस् बिक्रीवितरण, मर्मत तथा वर्कसप (अटोमोबाइल्स मर्मत तथा सम्भार) का काम गर्ने व्यवसायी आवद्ध हुन सक्ने जानकारी दिइएकाे छ । 





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १०:४४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया