भीम रावल भन्छन् - म टीका लगाएर उपाध्यक्ष हुने मान्छे होइन

नेकपा एमालेका नेता डा. भीम रावलले आफू टीका लगाएर उपाध्यक्ष हुने व्यक्ति नभएको बताएका छन् । बुधबार पार्टीको १० औँ महाधिवेशनपछि पहिलो पटक गृहजिल्ला अछाम पुगेका रावलले यस्तो बताएका हुन् ।

‘केपी शर्मा ओलीजीले मलाई तपाईं उपाध्यक्ष भइदिनुन कृपया भन्नुभएको थियो । मैले उहाँलाई उल्टै जवाफ फर्काएको थिएँ- तपाईं र म स्वच्छ प्रतिस्पर्धा गरौँ ।  म कुनै टीका लगाएर उपाध्यक्ष हुने व्यक्ति होइन भनेको थिएँ ।’ 

अछामको साँफेबगरमा एमालेका कार्यकर्ताहरूलाई सम्बोधनका क्रममा उनले महाधिवेशनमा आफूले नहारेको जिकिर गरे । ‘मैले यो राष्ट्रको स्वाधिनता र स्वतन्त्रताको पक्षमा आवाज उठाएको थिएँ । त्यसमा मेरो विजय भएको छ’ उनले भने । उनले आफू अध्यक्षमा हार्दैमा केही फरक नपर्ने पनि बताए । 

‘आठौँ महाधिवेशनमा केपी शर्मा ओली अध्यक्ष पदमा लडेका थिए । म उहाँकै समूहबाट उपाध्यक्षमा लड्दा हारेँ । अहिलेको महाधिवेशनमा देशभक्तिको झण्डामा उठेको छु', उनले अगाडि भने,  ‘तर मैले एमालेमा जितेको छु, हारेको छैन । पदमा कसले हारेको छैन र ? आठौँमा ओलीसँगै हामीले हारेका हौँ । मान्छे त्यतिबेला हार्छ जब उसको देशभक्ति डगमगाउँछ ।’

नेता रावलले महाधिवेशनमा प्रतिनिधि छनोट गर्दा सुदूरपश्चिममा जबरजस्ती घेरामा पारेर केन्द्रीय सदस्य हुँ भन्ने व्यक्तिले महिलाहरूको हात तानेर उम्मेदवारी हुन पाउनु हुन्न भन्नु नै  निरंकुशता भएको धारणा राखे  । ‘उम्मेदवार चयन गर्ने क्रममा केन्द्रीय सदस्य हुँ भन्ने व्यक्तिले जवरजस्ती महिलाहरूको हात तानेर बाहिर निकाल्ने काम भयो । त्यो मेरो लागि स्वीकार्य छैन’ उनले भने ।

धेरै साथीहरूलाई अन्याय भएको बताउँदै रावलले अन्यायमा परेकाहरूका लागि आगो लगाउन तयार रहेको उल्लेख गरे । अछामी जनताको सहयोगले गर्दा देश र जनताको न्यायमा पहाडका चट्टानजस्तै गरी लडेको उनलको भनाइ छ । उनले भीम रावलको यस्तो हालत भयो भन्ने व्यक्तिहरलाई चुनौती दिँदै भने, ‘तपाईंलाई कुनै पार्टीले अध्यक्ष या उपाध्यक्ष भइदिनु भनेको देखाईदिनुसु न ।’





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १७:५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया