रामकृष्ण र कविताको डाँडापारीमा राजेश र गीताको ठुम्का (म्युजिक भिडियो)

नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल अभिनीत नयाँ म्युजिक भिडियो ‘डाँडापारि’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंको ठमेलस्थित अलफ्ट होटलमा एक विशेष समारोहका बीच गीतको प्रिमियरसहित सार्वजनिक गरियो । 

रामकृष्ण ढकाल र कविता श्रेष्ठको स्वर रहेको गीतमा यमु शर्मा सुब्बाको शब्द र संगीत रहेको छ । भिडियोमा राजेश हमालसँगै गीत ढुंगानाको अभिनय छ । 

हाल अमेरिकामा बस्दै आएकी मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्षसमेत रहेकी संगीतकार तथा गीतकार यमुले कार्यक्रममा उपस्थित अतिथि सबैलाई अमेरिकाबाटै धन्यवाद व्यक्त गरिन् ।

कार्यक्रममा प्रमुख अतिथि तथा गीतका मुख्य कलाकार महानायक हमालले ‘डाँडापारी’ गीतमा अभिनय गर्न पाउँदा खुसी लागेको बताए । ‘वबदेशमा रहेर पनि यमु शर्माजीले गीत–संगीतप्रति देखाएको मायाका कारण पनि मलाई अझ खुसी लाग्यो ।’ यमु शर्माले नेतृत्व गरेको मेची–महाकाली बुहारी संयुक्त आवाजका कामबारे पनि  उनले प्रशंसा गरे । 

कार्यक्रममा गीतका गायक रामकृष्ण ढकाल र गायिका कविता श्रेष्ठले राम्रो गीत गाउने अवसर दिएको भन्दै गीतको निर्माता, गीतकार तथा संगीतकार यमुलाई धन्यवाद दिए । भिडियोको निर्देशन आयुष क्षेत्रीले गरेका हुन् भने ज्ञानेन्द्र शर्माले खिचेका हुन् । भिडियोमा अविनाश डिसी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

कार्यक्रममा मेची–महाकाली बुहारी संयुक्त आवाजका तर्फबाट महिला फुटबल खेलाडी अस्मिता रनपललाई हमालको हातबाट ५० हजार रुपैयाँ हस्तान्तरण गरियो । राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा फुटबल खेलेर देशभर नाम कमाइसक्दा पनि आर्थिकस्थित दयनिय भएको भन्दै भोलीको दिनमा खेल्नमा थप हौसला बढोस् भन्दै संस्थाले रकम हस्तान्तरण गरेको हो । 



सहयोग रकम लिँदै अस्मिताले मेची–महाकाली बुहारी संयुक्त आवाजले गरेको सहयोगप्रति आभार व्यक्त गरिन् । 



  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार २०:२३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया