वरिष्ठ उपाध्यक्ष दाबी गरेका नेम्वाङलाई बादलपछिको वरीयता

नेकपा एमालेले १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको वरीयता निर्धारण गरेको छ ।  चितवनमा सम्पन्न महाधिवेशनपछि बसेको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले १९ जना पदाधिकारीको वरीयता निर्धारण गरेको हो। 

आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले वरीययता निर्धारण गरेको हो । 

वरीयताक्रम अनुसार अध्यक्ष केपी शर्मा ओलीपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् । उपाध्यक्षमध्ये युवराज ज्ञवाली वरीयताको पहिलो नम्बरमा छन् । त्यसपछि अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा (बादल), सुवासचन्द्र नेम्वाङ र सुरेन्द्र पाण्डे छन् ।

माओवादी केन्द्र छाडेर एमालेमा आएका बादल उपाध्यक्षको चौथो वरीयतामा छन् भने महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेम्वाङ उनीभन्दा पछाडि छन् । 

३ जना उपमहासचिवमध्ये प्रदीप ज्ञवाली वरीयताको पहिलो नम्बरमा छन्। त्यसपछि पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन्।

सचिवहरूमध्ये पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी र लेखराज भट्ट पहिलो र दोस्रोमा रहँदा त्यसपछि क्रमश: रघुवीर महासेठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, योगेश भट्टराई र पद्मा अर्याल रहेका छन्। 





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १८:२२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया