संसद् अवरुद्ध गर्नु षड्यन्त्रको खेल​ : भीम रावल

नेकपा एमालेका वरिष्ठ नेता डा. भीम रावलले टुटफुटले कुनै पनि पार्टीलाई फाइदा नहुने बताएका छन् । राजनीतिक दलमा आउने फुटले अस्थिरता र बाह्य देशको हस्तक्षेप बढ्दै जाने उनको भनाइ छ ।

अछाम सदरमुकाम मंगलसेनमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले कम्युनिस्ट आन्दोलन टुटफुट गराउन कतिपय ब्यक्ति जिम्मेवार भएकाले सबैले सोच्नुपर्ने बेला आएको बताए । २०५४ सालमा पार्टी फुट्दाको पीडा एमालेले भोगेकाले आफू फुटको पक्षमा नरहेको बताए ।

देशको हितका लागि अझै पनि कम्युनिस्टहरु एक ढिक्का भएर अघि बढनुपर्नेमा उनले जोड दिए ।

पार्टीभित्रको विधि पद्धतिप्रति संकेत गर्दै पार्टीभित्रको अराजकता अन्त्य हुनुपर्ने उनको सुझाव छ । हालैमात्र पार्टीको १०औँ महाधिवेशनबाट नयाँ नेतृत्व आएकाले ओली नेतृत्वको पार्टी पंक्तिको परीक्षाको दिन सुरु भएको रावलले बताए ।

नेता रावलले संसद नियमित चल्नुपर्नेमा जोड दिए । सरकारका नियमित कामकारबाही चलिरहने गरी सदन अवरुद्ध गर्नुको कुनै अर्थ नरहेको बताए । सदन अवरुद्ध गर्नुले यतिबेला कुनै षड्यन्त्रको खेल भइरहेको उनको आशंका छ ।





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १८:३८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया