समिट लघुवित्तले बोलायो साधारणसभा, लाभांश वितरण र एफपिओ निष्कासन गर्ने एजेन्डा

समिट लघुवित्त वित्तीय संस्थाले आगामी २४ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । सभा तनहुँको आँबुखैरेनी रेष्टुरेन्ट एन्ड पार्टी प्यालेसमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा गत वर्षको नाफाबाट २५ दशमलव २८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेस हुनेछ । मर्जर तथा बोनस सेयरपछि संस्थापक र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलन गर्न अपुग सात लाख ५१ हजार ७१२ कित्ता सेयर एफपिओको रूपमा जारी गर्ने प्रस्ताव छ ।

वार्षिक प्रतिवेदन, नाफा(नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको बनेपा नगरपालिकामा स्थानान्तरण गर्ने प्रस्ताव पनि सभामा लैजानेछ । त्यसैगरी, अन्य लघुवित्त वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिसन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्तावहरू पारित हुनेछ।

सभा प्रयोजनार्थ लागि १५ पुसदेखि बुक क्लोज हुनेछ । यसअनुसार १४ पुससम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र बोनस सेयर पाउन सक्नेछन् । समिट र सजिलो लघुवित्त मर्ज भएर ६ असोज २०७७ देखि एकीकृत कारोबार भएकाले बोनसमा लाग्ने करको व्यवस्था नगरिएको कम्पनीले जनाएको छ ।  





  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार ११:०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया