कांग्रेस गण्डकी केन्द्रीय सदस्य : खुलामा वाग्ले र नेपाली, महिलामा अर्याल निर्वाचित

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको खुला केन्द्रीय सदस्यमा ध्रुव वाग्ले र कृष्णचन्द्र नेपाली निर्वाचित भएका छन् । 

नेपाली गण्डकी प्रदेशका मुख्यमन्त्री हुन् भने वाग्ले संविधान सभा सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य हुन् । 

कुल खसेको ४६६४ मत मध्ये वाग्लेले २७२० मत पाए भने नेपालीले २३०६ मत पाएका छन् ।  

निर्वाचित भएकामध्ये वाग्ले शेरबहादुर देउवा प्यानलबाट चुनाव लडेका हुन् भने नेपाली शेखर कोइराला प्यानलबाट चुनाव लडेका हुन् । 

यस्तै, गण्डकी प्रदेशकै महिलातर्फ सरस्वती अर्याल तिवारी निर्वाचित भएकी छिन् । उनी देउवापक्षीय उम्मेदवार हुन् ।
 





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार २२:१२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया