कोरियाली आकाशमा अमेरिकी लडाकु विमानको उडान स्थगन

वासिंगटन– अमेरिकी बम हमलाकारी लडाकु विमानले दक्षिण कोरियाको आकाशमा उडान भर्ने कार्यक्रम स्थगन गरेको एक अमेरिकी उच्च अधिकारीले जनाएका छन् । दक्षिण कोरियाली सरकारको आग्रहमा उक्त निर्णय भएको हो । 

अमेरिकी प्रशान्त हवाई फौजको नेतृत्व गरिरहेका जनरल चार्ल्स ब्राउनले उत्तर कोरियाली आणविक गतिविधिलाई सम्बोधन गर्नेगरी भइरहेका कुटनीतिक प्रयत्नमा सकारात्मक वातावरण निर्माण गर्न सैनिक अभ्यास स्थगित गरिएको बताए । 

पत्रकारसँग कुराकानी गर्दै जनरल ब्राउनले भने, ‘हालको कूटनीतिक वार्तालाई असर पर्न नदिने कुरामा हामी सचेत छौं ।’ 

सन् २००४ देखि गुआमस्थित हवाई अखाडामा अमेरिकी हवाई सैन्यबलले बमवर्षक बी–१बी, बी–५२ र बी–२ जहाज तैनाथ गरेको छ । 
यी जहाजले उत्तर कोरियाको आकाश र सामुद्रिक क्षेत्रमा नियमित उडान गर्छन् । यसमा जापान, दक्षिण कोरया र अस्ट्रेलियाका सैनिक विमान पनि सहभागी हुने गरेका छन् । 

कोरियाली प्रायःद्वीपमा बमवर्षक विमानको उडान स्थगन गरे पनि विमानको संख्यामा भने कटौती नगरेको ब्राउनले बताए । 

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत जुनमा सिंगापुरमा भएको ऐतिहासिक वार्तापछि अमेरिका र दक्षिण कोरियाले गर्दै आएका विशाल सैन्य अभ्यासलाई सानो आकारमा सीमित गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर ११, २०७५ मंगलबार १८:५७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया