सुरक्षा समिति बैठक : निर्वाचनको सुरक्षा विषयमा केन्द्रित

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बस्यो । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रबन्धबारे छलफल भएको गृहसचिव टेकनारायण पाण्डेले जानकारी दिए । 

‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रबन्ध कसरी गर्ने भन्ने विषयमा सुरक्षा समिति बैठकमा छलफल भयो,’ गृहसचिव पाण्डेले भने । 

बैठक निर्वाचनको सुरक्षा विषयमा केन्द्रित थियो । आगामी माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्य छान्न निर्वाचन हुँदै छ ।
 
गृहमन्त्री खाणको अध्यक्षतामा बसेको बैठकमा गृहसचिव पाण्डे, रक्षासचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालालगायतको सहभागिता थियो ।





  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार १८:५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया