पूरा भयो मनकामनाको पुनर्निर्माण, पूजाका लागि मन्दिर खुला

गोरखा– पुनर्निर्माणपछि मनकामना मन्दिरमा पूजाआजा गर्न भक्तजनका लागि खुला गरिएको छ । 

१२ वैशाख २०७२ को विनाशकारी भूकम्पले पूर्ण क्षति पुर्याएको मन्दिरको पुनर्निर्माण सम्पन भएपछि बुधबारदेखि भक्तजनका लागि पूजा गर्न खुला गरिएको हो । 

बुधबार बिहान ६ बजे क्षमापूजा गरी मूल मन्दिरबाट पूजा सुरु गरिएको मन्दिरका मूल पुजारी इन्सान थापाले जनाए । 

बाहिरको केही काम गर्न अझै बाँकी भए पनि मूल मन्दिरमा पूजा गर्दा अवरोध नहुने देखिएपछि पूजा सुरु गरिएको उनले बताए । 

करिब १५ करोडको लागतमा मन्दिर निर्माणको काम सम्पन्न भएको मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जनाए ।

निर्माणका क्रममा गजुरदेखि मन्दिरको छानासम्म १८ किलो २०० ग्राम सुन लगाइएको छ भने मूलद्वारमा समेत सुनको जलप लगाएर मन्दिरलाई झकिझकाउ पारिएको छ । 



मन्दिर निर्माणका लागि नेपाल सरकारले पुरातत्व विभागमार्फत चार करोड बराबरको सुन तथा काठ उपलब्ध गराएको थियो । बाँकी रकम भक्तजनबाट चन्दा संकलन गरी जुटाइएको थियो । 



  • प्रकाशित मिति : मंसिर १२, २०७५ बुधबार २०:५१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया