मन्त्री रेग्मीको चीनलाई आग्रहः सिमा नाकामा आयात निर्यात सहज होस्

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सीमा नाकाबाट सहज रूपमा सामान आयात निर्यात हुने व्यवस्था गर्न चीनलाई आग्रह गरेकी छन् । 

चीनतर्फकाे तातोपानी र रसुवाको केरुङ नाकाबाट अझै पनि सामान आयात निर्यातमा कठिनाइ भएको व्यवसायीको गुनासो सम्बोधन गर्दै मन्त्री रेग्मीले आयात निर्यातमा कठिनाइ भोग्ने अवस्था अन्त्य गर्न आग्रह गरेकी हुन् । मन्त्री रेग्मी चाइना फाउन्डेसन फर पोभर्टी एलिभेशन नेपालको छैटौँ वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त कुरा बताएकी हुन् । 

चीनले भूकम्प, कोभिड जस्ता महामारीमा सहयोग गरेकोमा उनले प्रशंसा पनि गरिन् । ‘दुख प¥यो भने हेर्ने छिमेकीले हो’, मन्त्री रेग्मीले भनिन्, ‘नाकाबन्दीको बेला नेपालले चीनबाट सहयोग पाएको छ ।’ 

कोभिडको समयमा खोप प्रदान गरेर चीनले नेपाललाई गुण लगाएको उनले बताइन् । अहिले पनि चीनबाट खोप आइरहेको उल्लेख गर्दै उनले छिमेकी देशहरुबीच सहयोगको अपेक्षा हुने जनाइन् । उनले यसैक्रममा सीमा नाकाबाट सहजरुपमा सामान भित्रन पाउनुपर्ने बताएकी हुन् । 





  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार १६:१३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया