माओवादी महाधिवेशन : ११ वटा समूहले सुनाए निष्कर्ष, बाँकीको भोलि ११ बजेबाट सुरु हुने

नेकपा माओवादी केन्द्रको महाधिवेशनमा विभिन्न समूहरुको निश्कर्ष सुनाउने क्रम जारी छ । आज माओवादी महाधिवेशनको बन्दसत्रको चौथो दिन हो । 

आज ११ वटा समूहले आ–आफ्नो सुझाव प्रस्तुत गरेका छन् । बाँकी १५ वटा समूहको सुझाव प्रस्तुत भोलि हुने बताइएको छ । भोलि बिहान ११ बजेबाट पुनः बन्दसत्र सुरु हुने जनाइएको छ । 

महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । प्रचण्डले आफ्नो प्रतिवेदनमा आत्मसमीक्षादेखि अबको नयाँ आधारहरुबारे चर्चा गरेका छन् । 

सो प्रतिवेदनमाथि विभिन्न २५ वटा समूहले छलफल गरेको थियो । छलफलपछिको सुझावहरु दिने क्रम जारी छ ।





  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार १७:१०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया