एमाले नेता रावलको प्रश्न– भारतले कालापानी क्षेत्रलाई आफ्नो नक्सामा राखेकोबारे सरकारको धारणा के हो ?

नेकपा एमालेका नेता भीम रावलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा राखेकोबारे सरकार र ठूला दलको धारणा माग गरेका छन् । 

‘महाकाली नदीको नाम फेरेर भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो ?,’ उनले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेका छन् । 

देशको गम्भिर मुद्दालाई छोडेर गठबन्धन सरकार प्रदेशमा मन्त्रालय फुटाएर भागबण्डामा व्यस्त रहेको आरोप समेत उनले लगाएका छन् । 

‘किन मौन ? कि गठबन्धन सरकार भन्नेहरू प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा र अरू पार्टी गुटबन्दीमै व्यस्त हो ?,’ रावलले भनेका छन् । 





  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार १३:२८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया