धितोपत्र बोर्डको अध्यक्षका लागि पुन: आवेदन आह्वान

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि पुन: आवेदन आह्वान गरिएको छ । सेबोनको अध्यक्ष सिफारिस समितिले बिहीबार पुनः अध्यक्षका लागि आवेदन आह्वान गरेको हो । 

सेबोनको अध्यक्ष सिफारिस गर्न सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेललेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । सिफारिस समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी र वित्त सदस्यमा जीवनाथ धिताल रहेका छन् ।

यसअघि गठित समिति नियमविपरीत भएको भन्दै विरोध भएपछि मन्त्रिपरिषद् बैठकले नयाँ समिति गठन गरेको हो । यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलकै संयोजकत्व तीन सदस्यीय सेबोन अध्यक्ष सिफारितस समिति गठन भएको थियो । उक्त समिति ऐनको व्यवस्था विपरीत भन्दै विरोध भएपछि सरकारले फेरि नयाँ समिति गठन गरेको हो । सो समितिले बिहीबार सेबोनको अध्यक्षका लागि आवेदन आह्वान गरेको हो ।

अब सेबोनको अध्यक्षका लागि आवेदकले यही २९ पुसभित्र आवेदन दिनुपर्नेछ । ‘गत असोज ११ को सूचना बमोजिम नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन गर्नुहुने आवेदकले समेत यसै सूचना बमोजिम पुन: यसै म्यादभित्र आवेदन गर्नुपर्नेछ,’ सूचनामा भनिएको छ ।

पूर्ववत आवेदन दिएका कुनै आवेदकले आफ्नो आवेदन फिर्ता लिन चाहेमा सूचना जारी भएको मितिले १५ दिनभित्र सिफारिस समितिसमक्ष निवेदन दिएर फिर्ता लिन सकिने पनि सूचनामा उल्लेख छ ।

यसअघि गठित समितिले २०७८ कात्तिक ११ मा अध्यक्षका लागि आवेदन मागेको थियो । जसअनुसार १२ जनाको आवेदन परेको थियो ।





  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार १५:३०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया