जनमतका उपाध्यक्षसहित १३ गिरफ्तार, विरोधमा कार्यकर्ताले ट्रकमा आगो लगाए

डा. सिके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाहासहित १३ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

शुक्रबार आन्दोलनको तेस्रो दिन पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गर्न खोज्दा रौतहटको चन्द्रनिगाहपुरमा जनमतका उपाध्यक्ष कुशवाहासहित ९ जना र कपिलवस्तुबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

किसान आन्दोलनको क्रममा राजमार्ग बन्द गराउने क्रममा चन्द्रनिगाहपुरबाट उपाध्यक्ष कुशवाहासहितका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूलाई पक्राउ गरेको विरोधमा चन्द्रपुरमा जनमतका कार्यकर्ता र प्रहरीबीच तनाव उत्पन्न भएको छ । उनीहरूबीचको तनावग्रस्त अवस्थाका कारण राजमार्गसमेत अवरुद्ध भएको छ ।

उता, पूर्व पश्चिम लोकमार्गअन्तर्गत सप्तरीको अग्निसाईर कृष्णासबरण गाउँपालिकामा जनमतका कार्यकर्ताले गिट्टी लोड भएको ना ६ ख ७६२९ नम्बरको ट्रकमा आगजनीसमेत गरेका छन् । 

किसान आन्दोलनलाई समर्थन गर्दै प्रदर्शन गर्दा कपिलवस्तुबाट समेत जनमत पार्टीका नेता कार्यकर्तालाई पक्राउ गरिएको छ । 



प्रहरीले पार्टीका जिल्ला उपाध्यक्ष राम भुवन हरिजन, सचिव भगवानदास यादव, जिल्ला सदस्य शिवसुन्दर जैसवाल र एकजना किसान साहबदिन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । 

जनमतका कार्यकर्ताले आज तेस्रो दिन धनुषा, बाँके, रुपन्देही, कपिलवस्तुलगायतका ठाउँहरुमा टायर बालेर सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् । 



पार्टी अध्यक्ष डा. राउतले किसान आन्दोलनलाई दबाउन खोज्नु निन्दनीय रहेको भन्दै गिरफ्तार गरिएका आफ्ना सम्पूर्ण नेता कार्यकर्तालाई अविलम्ब निशर्त रिहा गर्न माग गरेका छन् ।

 

  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १७:१९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया