काठमाडौं– सरकारले मंगलबार ठूलो तामझामका साथ सुरु गरेको ‘योगदानमा आधारित समाजिक सुरक्षा योजना’को प्रचार–प्रसारमा ६७ लाख रुपैयाँ खर्च गरेको सरकारका प्रवक्ताले बताएका छन् ।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त कार्यक्रमका लागि ६७ लाख २३ हजार ७ सय ५० रुपैयाँ खर्च भएको जानकारी दिए ।
सरकारले सुरु गरेको नयाँ कार्यक्रमको ब्रान्डिङ गर्न ठूलो मात्रामा प्रचार–प्रसार गर्नुपरेको मन्त्री बाँस्कोटाले बताए ।
यस्तै, बिहीबारदेखि काठमाडौंमा सुरु भएको एसिया प्यासिफिक सम्मेलनको लागि सरकारले ५५ लाख रुपैयाँ छुट्याएको मन्त्री बाँस्कोटाले जनाए ।
सरकार सम्मेलनको सहआयोजक नरहेको बताउँदै बाँस्कोटाले भने, ‘सम्मेलनमा सहभागी हुने पाहुनाको सुरक्षा व्यस्थाका लागि सरकारले ५५ लाख रुपैयाँ छुट्याएको हो ।’
सम्मेलनमा समेत सहभागी हुनेगरी म्यामनमारकी नेत्री आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन नेपाल सरकारको औपचारिक निमन्त्रणमा नेपाल आएको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।