कञ्चनपुरमा लागुऔषधसहित दुई पक्राउ

कञ्चनपुरमा अवैध लागुऔषधसहित दुईजना पक्राउ परेका छन्।

जिल्लाकाे पुनर्वास नगरपालिका-१० दाेदा पुल क्षेत्रबाट शनिबार दुईजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-७ निवासी वर्ष ३३ का सनम भण्डारी र वर्ष २८ की रितु भण्डारी रहेका छन् ।

दुवै जनाको साथबाट प्लास्टिकभित्र लुकाइछिपाइ राखेको अवस्थामा नेट्राभेट १० लेखेको ट्याबलेट १५ र स्पास लेखेको क्याप्सुल ४४ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।

साेधपुछकाे क्रममा उनीहरूले भारतकाे बजारबाट लागुऔषध खरिद गरेकाे बताएका छन् । प्रहरीले घटनाकाे बारेमा थप अनुसन्धान गरिरहेकाे छ ।





  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार ९:५१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया