केन्द्रीय कमिटी बैठक २५ गतेसम्म स्थगित, पदाधिकारीकाे टुंगाे पनि त्यही दिन लगाइने

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आगामी २५ गतेसम्मका लागि स्थगित भएको छ।   

माओवादी अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई निर्विरोध निर्वाचित गराएर आजको केन्द्रीय कमिटी बैठक सकिएको हाे । 

पार्टीका केन्द्रीय सदस्य तथा शिक्षामन्त्री देवेन्द्र पौडेलले २५ गतेको बैठकले सम्पूर्ण पदाधिकारीहरूको टुंगो लगाउने बताए । 

आजको केन्द्रीय कमिटी बैठकपछि उनले भने, ‘अब आउने बैठकले सम्पूर्ण पदाधिकारीको निर्णय गरेर हामी अगाडी बढ्छौं ।’





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १७:४५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया