राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा गठबन्धनबाट मनोनयन दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनका दलले सुदूरपश्चिमले उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनका तर्फबाट सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका एक/एक जनाले उम्मेदवार दिएका हुन् ।

मंगलबार धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्  ।

प्रदेशमा कांग्रेसको तर्फबाट खुल्लामा कैलालीका नारायणदत्त मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेल्धुरका जगत पार्की र नेकपा एकीकृत समाजवादीका तर्फबाट महिलामा कैलालाकी गरिमा शाहलाई उम्मेदवार मनोनयन दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार १४:५५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया