केन्द्रीय सुरक्षा समितिका पदाधिकारीसँग गृहमन्त्रीले गरे छलफल

गृहमन्त्री बालकृष्ण खाँडले केन्द्रीय सुरक्षा समितिका पदाधिकारीसँग छलफल गरेका छन् । मन्त्री खाँडले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतीका विषयमा छलफल गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै गृहमन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले बैठकमा राष्ट्रियसभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अध्यावधिक छलफल भएको समेत बताए । उनले केही द्विपक्षीय सुरक्षाका विषयमा पनि छलफल भएको बताए ।

‘बैठकमा समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका विषयमा छलफल गरियो । यसका साथै राष्ट्रियसभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अध्यावधिक छलफल भयो । सुरक्षाको विस्तृतीकरण गर्ने विषयमा छलफल भएको छ,’ उनले भने ।





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार १७:३०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया