नियमविपरीत अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कारबाही हुन्छ गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले बढी शुल्क लिने मेडिकल कलेजहरूलाई कारबाही गर्ने बताएका छन् । सात विद्यार्थी संगठनका प्रतिनिधिहरुको ज्ञापनपत्र बुझ्दै उनले मेडिकल कलेजको बदमासीप्रति सरकार गम्भीर रहेको बताएका हुन् । 

मंगलबार गृह मन्त्रालयमा पुगेर विद्यार्थी संगठनका नेताहरूले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस, बिडिएस र बिएनएस अध्ययनमा मेडिकल कलेजहरूले बढी शुल्क लिएको विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । सो क्रममा गृहमन्त्री खाँणले सरकारले नियमविपरीत र अतिरिक्त शुल्क लिने कलेजलाई कारबाही गर्ने प्रतिबद्धता जनाए ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौँलगायत विद्यार्थी संगठनको ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री खाँणले शिक्षामन्त्रीलाई समेत सो विषयमा ध्यानाकर्षण गराउन आग्रह गरेका थिए ।

उनले सरोकारवाला सरकारी निकायहरूसँग समन्वय गरेर अनुगमन र कारबाहीको प्रक्रिया अघि बढाउने बताए ।

विद्यार्थी संगठनहरुले नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, मणिपाल मेडिकल कलेजलगायतका सञ्चालकलाई तत्काल कारबाही गर्न गृहमन्त्रीसँग माग गरेका थिए । 





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार १७:५४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया