अमेरिकाले भारत–चीन सीमा विवादबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । उसले सो विवादमा भारतको पक्ष लिएको छ ।
छिमेकी देशलाई धम्की दिने बेइजिङको प्रयास चिन्ता बढाउने खालको रहेको अमेरिकाको प्रतिक्रिया छ । अमेरिकाले आफू साझेदार देशसँग उभिने बताएको छ ।
भारत र चीनबीच पूर्वी लद्दाख क्षेत्रमा करिब तीन वर्षयता तनावको स्थिति बनेको छ । समस्या समाधानका लागि दुबै देशबीच सैन्य स्तरमा कैयौँपटक छलफल भएको छ । तर, अहिलेसम्म समस्या समाधान हुन सकेको छैन ।
अमेरिकाको ताजा धारणा यस्तो बेलामा आएको छ जतिबेला भारत र चीनबीचको सैन्य स्तरको छलफलको १४औँ शृंखला सुरु हुन लागेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।