मोदीको अभिव्यक्ति खेदजनक : गिरिराजमणि पोखरेल

पूर्वशिक्षामन्त्री एवं माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले नेपाली भूमिमा सडक बनाउने सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्ति खेदजनक भएको बताएका छन् । 

भारतीय प्रधानमन्त्री मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले अविलम्ब दुवै देशका प्रधानमन्त्रीले वार्ताका माध्यमबाट समस्याको समाधान गर्नुपर्ने बताएका छन् । 

नेपालको सार्वभौमसत्तामाथि प्रहार हुने भारतीय क्रियाकलापले जनस्तरमा रहेको सम्बन्धलाई रोक्नेतर्फ सचेत गराउँदै उनले भने, ‘नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्तामाथि गम्भीर प्रहार हुने क्रियाकलापले दुई देशको सम्बन्धलाई बलियो हुनबाट रोक्नेछ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिनअघि लिपुलेकमा भारतले सडक बिस्तार गरिरहेको भन्दै सार्वजनिक भाषण गरेका थिए । 





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार २२:२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया