जर्मनीमा २४ घण्टामा थपिए अहिलेसम्मकै बढी कोरोना संक्रमित

जर्मनीमा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढिरहेको छ । जर्मनीका स्वास्थ्य अधिकारीका अनुसार गत २४ घण्टामा मात्र यहाँ ८० हजार ४३० जनामा कोरोना पुष्टि भएको छ ।

यो संख्या जर्मनीमा कोरोना संक्रमण सुरु भएदेखिकै एकैदिनमा देखिएको सबैभन्दा धेरै संख्या हो । यहाँका अधिकारीहरूका अनुसार जर्मनीमा ७२ प्रतिशतभन्दा बढी नागरिकले दुवै मात्रा खोप लगाएका छन् ।

त्यस्तै, यहाँका करिब तीन करोड ७० लाख नागरिकले खोपको बुस्टर डोज पनि लगाएका छन् । तर पनि पछिल्लो समयमा यहाँका ठूलो संख्याका नागरिकमा सङ्क्रमण बढ्दै गएको पाइएको छ । 

उता युरोपका धेरै देशमा पछिल्लो समयमा कोरोना संक्रमण बढ्दै गएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । सो संगठनले आगामी आठ साताभित्र यूरोपको आधाभन्दा बढी जनसंख्यामा कोभिड संक्रमित हुने चेतावनी दिएको छ ।  





  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार ११:४६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया