सरकारको मुख्य प्राथमिकता देश भित्रै रोजगारीका अवसर सिर्जना गर्नु हो: मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशव्यापी रुपमा आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्नको लागि स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गर्ने प्रतिवद्धता जनाएका छन् । 

मन्त्रालयले पोखरामा आयोजना गरेको आन्तरिक रोजगारी प्रवर्द्धनका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले रोजगारी सिर्जना गर्न तीन तहका सरकारबीच प्रभावकारी समन्वय गर्दै अगाडी बढ्न समेत आग्रह गरे । 

श्रेष्ठले उद्यमशिलताको संस्कृती विकास गर्दै कामको सम्मान गर्ने वातावरण तयार गर्नु पर्ने उल्लेख गर्दैै बजारको माग बमोजिम सीपमूलक श्रमशक्ति विकास गर्न आवश्यक रहेको जनाए । यस क्षेत्रका व्यवहारिक कठिनाइ तथा समस्याको पहिचान गर्दै आन्तरिक रोजगारीको क्षेत्रमा क्रियाशिल सरोकारवालाहरूलाई प्रोत्साहित गर्ने सरकारको नीति रहेको भनाई उनको थियो । 

सरकारको मुख्य प्राथमिकता देश भित्रै रोजगारीको अवसर सिर्जना गर्नु रहेको बताउँदै उनले पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न दीर्घकालिन रणनीति बनाएर अघि बढ्नु आवश्यक रहेको औंल्याए । 

स्थानीय स्तरमा रहेका रोजगारीको सम्भावनाका क्षेत्रहरुको पहिचान गर्न र आन्तरिक रोजगारीको प्रवर्द्धनमा संघ, प्रदेश र स्थानीयतहबीच गर्नुपर्ने समन्वय र सहकार्यका क्षेत्रहरुको पहिचान गर्न आवश्यक रहेको उनले बताए । 





  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार १२:१४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया