नयाँ प्रतिबन्धपछि बाइडेन प्रशासनलाई उत्तर कोरियाले दियो चेतावनी
फाइल तस्वीर

उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणलाई लिएर अमेरिकाले लगाएको नयाँ प्रतिबन्धपछि कडा ‘प्रतिक्रिया’ दिने चेतावनी दिएको छ ।

‘हाइपरसोनिक’ मिसाइलको पछिल्लो परीक्षणपछि अमेरिकाले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको थियो ।

उत्तर कोरियाको सरकारी मिडियाका अनुसार उत्तर कोरियाले बाइडेन प्रशासनको प्रतिबन्धप्रति 'कडा प्रतिक्रिया' दिने चेतावनी दिएको छ ।

कोरियाको केन्द्रीय समाचार एजेन्सीका अनुसार विदेश मन्त्रालयका प्रवक्ताले जनवरी १४ मा अमेरिकी प्रतिबन्धहरू 'उत्तेजक' भएको बताएका थिए । यस्तो अवस्थामा उत्तर कोरियाले 'आत्मरक्षाको अधिकार' प्रयोग गर्न सक्छ ।

'यदि संयुक्त राज्य अमेरिकाले टकरावको दृष्टिकोण अपनायो भने, उत्तर कोरिया कडा प्रतिक्रिया दिन बाध्य हुनेछ,' विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले जनवरी १३ मा उत्तर कोरियाले 'ध्यान खिच्न' थप मिसाइल प्रक्षेपण गर्न सक्ने बताएका थिए ।





  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार १५:४५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया