भारतीय टेस्ट टाेलीका कप्तान विराट काेहलीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
दक्षिण अफ्रिकासँगकाे टेस्ट सिरिज २-१ ले गुमाएपछि उनले शनिबार कप्तानी छाड्ने निर्णय लिएका हुन् ।
काेहलीले यहि वर्षकाे टि-२० विश्वकप पछि टि-२० कप्तानी छाडेका थिए ।
त्यस्तै, केही समय अगाडि भारतीय क्रिकेट कन्ट्रोल बाेर्ड (बिसिसीआई) काेहलीलाई एक दिवसीयकाे कप्तानीबाट पनि हटाएकाे थियाे ।
हाल यी दुवै शैलीकाे कप्तान राेहित शर्माले गरिरहेका छन् ।
काेहलीले सन् २०१४ मा अस्ट्रेलियाविरूद्वकाे टेस्ट सिरिजमा पहिलोपटक भारतीय टाेलीकाे कप्तानी गरेका थिए ।
काेहलीकाे कप्तानीमा भारतले खेलेका ६८ मध्ये ४० टेस्टमा जित हात पारेकाे थियाे ।
औसत जित ५८.८२ प्रतिशत रहेका काेहली भारतीय टेस्ट टाेलीका सबैभन्दा सफल कप्तानका रूपमा स्थापित भए ।
— Virat Kohli (@imVkohli) January 15, 2022
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।