चीनमा ९० प्रतिशत नागरिकले लगाए कोरोनाको खोप
फाइल तस्वीर

करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोनाविरुद्ध खोप लगाएका छन् । यहाँका स्वस्थ्य अधिकारीले दिएको जानकारीअनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोनाविरुद्ध खोप लगाएको जानकारी दिएका छन् ।

शुक्रबारसम्मको तथ्यांकमा यहाँका १ अर्ब २६ करोड नागरिकले खोप लगाएको जानकारी दिइएको छ । यो संख्या चीनको जनसंख्याका करिब ९० प्रतिशत हुन आउँछ ।

शनिबार दिइएको जानकारीमा तीमध्ये १ अर्ब २२ करोडले यो खोपको पूरा मात्रा लगाएका छन् । सो कुराको जानकारी चीनको नेशनल हेल्थ कमिसनका अधिकारी हि क्विनगुले दिए ।

शनिबार पत्रकार सम्मेलनमा उनले चीनमा नागरिकलाई कोरोनाविरुद्ध खोप दिने क्रम जारी रहेको र शुक्रबारसम्म ९० प्रतिशतले खोप लिइसकेको बताए ।

सो पत्रकार सम्मेलनमा उनले बाँकी रहेका चिनियाँ नागरिकलाई पनि खोप लिन आग्रह गरे । सो अवसरमा उनले अनिवार्य रूपमा मास्क लगाउन, सामाजिक दूरी कायम गर्न तथा कोठाभित्र बस्दा भेन्टिलेसन भएका कोठामा बस्न पनि आग्रह गरेका थिए ।

चीनमा पनि पछिल्ला केही समयमा कोरोनाका संक्रमित देखिन थालेका छन् । ती संक्रमितको पहिचान गरेर चीनका अधिकारीले स्वास्थ्य सतर्कताका मापदण्ड अपनाउन आग्रह गरिरहेका छन् ।





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १३:३२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया