प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम तोकियो

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ । 

हाल प्रदेशमा १०४ जना सांसद रहेकोमा उपस्थित ९९  सय प्रदेश सभा सदस्य मध्ये ७८ जनाले जनकपुरको पक्षमा मतदान गरेका थिए । 

स्थायी राजधानीको लागि ७० मतको आवश्यक रहेको थियो । ६ जना प्रदेश सभा सदस्य अनुपस्थित भए ।  

प्रदेशसभा बैठकमा प्रतिनिधित्व गरेका दलहरूको तर्फबाट संयुक्त रूपमा प्रस्ताव पेश भएपछि जनकपुरधाममा मतदान प्रक्रिया सुरु भएको थियो  ।

प्रदेश सांसद परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरत प्रसाद साहले प्रस्ताव गरेको राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्ने प्रस्ताव परमेश्वर साहले पेश गरेपछि मतदान भएको हो । 

जनकपुरधाम स्थायी राजधानी भएसँगै राजधानी सम्बन्धी अन्य प्रस्ताव स्वत : खारेज भएको सभामुख यादवले जनाए ।





  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार १५:४३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया