\
अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएकाे छ भने दर्जनाैं घाइते भएका छन् ।
मृत्यु हुनेमा पाँच जना महिला र चार जना बालबालिका समेत रहेका अफगानिस्तानी मिडियाले जनाएकाे छ ।
अफगानिस्तानकाे पश्चिमी प्रान्त बडघिसकाे क्वादिस जिल्लामा हिजाे ५.५ रेक्टरकाे भूकम्प गएकाे हाे।
भूकम्पका कारण सात सयभन्दा धेरै घर भत्किएकाे बताइएकाे छ । घाइतेहरूकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।
माैसम विभागका अनुसार भूकम्पकाे केन्द्र अफगानिस्तान-ताजिकिस्तान सीमावर्ती क्षेत्रमा १०० किलाेमिटर गहिराइमा थियाे । पेशावर, मानशेरा, बालाकाेट र चारसादासहित खैबर-पख्तुनख्वा लगायतका विभिन्न सहरमा भूकम्पकाे धक्का महसुस गरिएकाे थियाे ।
अफगानिस्तान बारम्बार भूकम्पकाे चपेटामा पर्दै आइरहेकाे छ । सन् २०१५ मा ७.५ रेक्टरकाे भूकम्प आउँदा करिब २८० जनाले ज्यान गुमाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।