‘मधेस’ प्रदेश नामकरण भएपछि प्रचण्डले दिए सांसद र जनतालाई शुभकामना

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ को नाम ‘मधेस’ प्रदेश भएपछि प्रदेशका सांसद र जनतालाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रदेश संसदको दुई तिहाइ बहुमतले प्रदेशको नाम ‘मधेस’ टुंग्याएको दुई दिनपछि प्रचण्डले बधाईसहित शुभकामना दिएका हुन् ।

‘मधेस’ प्रदेश माओवादी पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार भएको पनि प्रचण्डले बताए । 

उनले भनेका छन्, ‘हार्दिक बधाई ! हाम्रो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्म अनुसार नै प्रदेश २ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र प्रदेशमुकाम राजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा माननीय प्रदेशसभाका सम्पूर्ण सदस्यहरू र मधेस प्रदेशका सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।’ 

८ सांसद रहेको माओवादीले मधेस प्रदेशको पक्षमा उभिएपछि प्रदेशको सत्ता नेतृत्व दल जनता समाजवादी पार्टी, प्रमुख विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीलाई मधेस प्रदेशको पक्षमा दुई तिहाइ बहुमत जुटाउन सहज भएको थियो । 

दुई तिहाइ बहुमतका लागि अन्य पार्टीका पनि १७ जनाले मतदान गरेका थिए ।



 



  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार ९:४७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया