पलसँगको सम्बन्धबारे समीक्षा अधिकारी भन्छिन् : समय आउँदै छ, यथार्थ खुलाउनेछु

पछिल्लो पुस्ताकी चर्चित गायिका समीक्षा अधिकारी र अभिनेता पल शाहको सम्बन्धबारे विभिन्न चर्चा हुँदै आएको छ । एक टेलिभिजन कार्यक्रममा यसबारे खुलासा भएपछि समीक्षा र पल दुवैले सो समाचारको खण्डन गरेका थिए । 

तर, समीक्षाले बिहीबार सामाजिक सञ्जालमा समय आउँदै छ, यथार्थ खुलाउनेछु भन्दै सोही सन्दर्भको स्टाटस लेखेकी छिन् । तीन दिनअघि पनि उनले नारीलाई कमजोर नठान्न आग्रह गर्दै ‘विस्तारै खुल्छ मुकुण्डो’ भन्दै अर्को स्टाटस लेखेकी थिइन् । 

समीक्षाले बिहीबार फेसबुकमा पोस्ट गरेको स्टाटसमा लेखेकी छिन्,  ‘म लामो केही भन्दिन, २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउनेछु ।’ 





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १८:३९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया