काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि सवारी साधनमा जोर-बिजोर प्रणाली [आदेशसहित]
फाइल तस्बिर

काठमाडौं उपत्यकामा शुक्रबार रातिबाट जोर बिजोर प्रणाली लागू हुने भएको छ । नयाँ भेरियन्ट ओमिक्रोनसहितका कोरोना भाइरसका संक्रमित तीव्र गतिमा बढेपछि उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको बैठकले सवारीसाधनमा जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेका हुन् ।

नयाँ आदेशअनुसार जोर गतेका दिन जोर नम्बरका सवारी साधन र बिजोर गतेका दिन बिजोर नम्बरका सावरी साधन संचालन गर्न पाइने छ । त्यस्तै सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने, यात्रुले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, यात्रुले देख्ने गरी ढोकानजिकै सेनिटाइजर राख्नुपर्ने, चालक तथा सहचालकले फेस सिल्ड लगाउनुपर्ने पनि प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ ।  

त्यस्तै प्रशासनले सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपरमार्केट र सबै प्रकारका पसलमा एकपटकमा २० जनाभन्दा धेरै प्रवेश नगराउन, प्रवेश गर्दा पूर्ण रूपमा खोप लगाएको कार्ड देखाउनुपर्ने, जनस्वास्थ्यका मापदण्ड पालन गरी व्यवसाय सञ्चालन गर्नुपर्ने आदेश जारी गरेको छ  ।

उपत्यकाका सिडिओहरूले पार्टी प्यालेसमा एक पटकमा पूर्ण खोप लगाएका २० जना मा उपस्थित हुन सक्ने, जनस्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीको पूर्वस्वीकृति लिइ विवाह ब्रतबन्ध न्वारन तथा पास्नी जस्ता धार्मिक, साँस्कृतिक वा सामाजिक कार्यक्रम सञ्चालन गर्ने दिने निर्णय गरेका छन् ।

ललितपुर प्रशासनले जारी गरेको आदेश





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार २१:२१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया