देशभर थप १० हजार ७०३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ६५ हजार नाघे
फाइल तस्बिर

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ९२ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

सोही अवधिमा ७६६ संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १९ हजार ५७५ पुगेको छ ।

त्यस्तै नेपालमा कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना कारण मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार नाघेको छ । मन्त्रालयका अनुसार देशभर ६५ हजार ३७४ जना सक्रिय संक्रमित रहेका छन् ।





  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार १६:३८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया