हिमालय एअरलाइन्सलाई आइएसओ प्रमाणपत्र

नेपाल–चीन संयुक्त लगानीमा रहेको निजी क्षेत्रको हवाई कम्पनी हिमालय एअरलाइन्स नेपालमै पहिलोपटक आइएसओ ९००१ः२०१५; गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण हुन सफल भएको छ ।

एअरलाइन्स्लाई सोको स्तरीय व्यवस्थापन प्रणाली, जुन आइएसओ ९००१ः२०१५ का मापदण्डअनुरूप व्यवस्थित भएकै कारण आइएसओ ९००१ः२०१५ बाट प्रमाणीकरण गरिएको सो एयरलाइन्सले जनाएको छ ।

एअरलाइन्सले हवाई यात्रा गर्ने यात्रुहरू तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालिम लगायतका गुणस्तरीय सेवा प्रणाली व्यवस्था गरेवापत उक्त प्रमाणिकरण प्राप्त गरेको हो । आइएसओ ९००१ः२०१५ लाई विश्वव्यापीरूपमै मान्यता प्राप्त स्तरीय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठनद्वारा (आइएसओ) प्रतिपादित एक प्रभावशाली मानकको रूपमा लिने गरिन्छ । 

आइएसओ ९००१ः२०१५ प्रमाण–पत्र संयुक्त अधिराज्यस्थित ‘युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स्’ र ‘युनाइटेड किङ्गडम एक्रिडिटेसन सर्भिस (युकेएएस्) द्वारा सो एअरलाइन्सलाई प्रदान गरिएको थियो ।   





  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार १४:२०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया