नेप्से परिसूचक ९९.८६ अंकले गिरावट

सेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिन १०० अंकले गिरावट आएको छ । 

आइतबार १० अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार भने उच्च अंकले गिरावट आएको  हाे । सोमबार कारोबारको सु

सुरुवातदेखि उतरचढावका बीच ९९.८६ अंकले गिरावट आएर २ हजार ८२०.६५ बिन्दुमा झरेको छ । आज सेन्सेटिभ इण्डेक्स १८.२० अंक घटेको छ भने फ्लोट इण्डेक्स ७.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ६.१९ अंक घटेको छ ।

सोमबार कारोबारमा आएका २२८ कम्पनीको १ करोड ७० लाख ६३ हजार कित्ता सेयर ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । २२८ कम्पनीमध्ये ८ कम्पनीको सेयरमूल्य बढेको भने बाँकी कम्पनीको सेयर मूल्य गिरावट आएको छ ।

सोमबार नेप्से कारोबारका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । जसमध्ये वित्त, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ भने व्यापार, होटल तथा पर्यटन, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेका छन् ।

सोमबार सेयर बजार उच्च अंकले घट्दा दुई कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको छ । 



त्यस्तै गोर्खाज फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, ज्योति लाइफ, सानिमा जनरल इन्स्योरेन्सको मूल्य सामान्य बढेको छ । तर यता कर्णाली डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी, आशा लघुवित्त र ओरियन्टल होटलको सेयरमूल्य सबैभन्दा बढी घटेको छ ।

आज कारोबारको आधारमा ३८ करोड रुपैयाँ भन्दा बढीको कारोबार गरेर अपी पावर कम्पनी पहिलो स्थानमा रहेको छ । एनआइसी एसिया बैंकको ३६ करोडभन्दा बढीकोे सेयर कारोबार भएको छ ।
 



  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार १६:२१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया