मनाङमा जिल्ला बाहिरबाट आउनेलाई कडाइ, खोप कार्ड अनिवार्य

हिमाली जिल्ला मनाङमा जिल्ला प्रवेशमा कडाइ गरिएको छ । कोरोनाका एकजना सक्रिय संक्रमित रहेको जिल्लामा कोरोनाबाट बच्न जिल्ला बाहिरबाट आउनेलाई कडाइ गरिएको हो ।

बाह्य जिल्लाबाट संक्रमित आउन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । उनका अनुसार जिल्ला कोडिभ–१९ संक्रमण व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति साथै कार्यालय प्रमुखको बैठक बोलाएर मनाङमा कोरोना संक्रमण रोक्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए । 

मनाङ प्रवेश नाका तालडाँडामा प्रहरी र स्वास्थ्यकर्मीले दैनिक निगरानी गरिरहेका छन् । मनाङमा साढे ४ महिनामा आइतबार एक जना कोरोनाका बिरामी रहेका छन् । मनाङमा कोरोनाको दोस्रो लहर सुरु भएयता २ सय २३ जना कोरोना संक्रमित भएका छन् । यीमध्ये ४ जनाको मृत्यु भएको थियो ।





  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार २१:२४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया