नेपालका विद्यालयमा चिनियाँ भाषा पढाउने तयारी

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको विद्यालय शिक्षामा चिनियाँ भाषा पढाउने तयारी भइरहेको बताएको छन् । 

नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले बुधबार अायोजना गरेको ‘चीनमा पढेका विद्यार्थीको पाँचौँ जमघट’ कार्यक्रममा उनले नेपालका विद्यार्थीले चीनमा पढेर नेपाल–चीनबीचको सम्बन्धलाई झन् नजिक बनाएको बताए । 

उनले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएकोले उक्त नारा पूरा गर्न चीनमा पढेर स्वदेश फर्केका नेपालीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । अबका २५ वर्ष पछाडिको नेपालमा चाहिने शिक्षाअनुसारको नीति बनाउन मन्त्रालय लागिरहेको उनको भनाइ थियो । 

नेपालका लागि चिनियाँ राजदूत यू होङले भेलाले नेपाल र चीनका विद्यार्थीबीच सम्बन्ध थप नजिक बनाएको बताए । उनले आगामी दिनमा पनि यस्ता भेला गर्न सुझावसमेत दिए ।

नेपालका उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुको चीन भ्रमणले पनि नेपाल–चीन सम्बन्ध झन् नजिक बन्दै गएको उनको भनाइ थियो । भेलामा नेपालबाट चीन गएर विभिन्न विषय अध्ययन गरेका विद्यार्थीले आफ्नो पढाइको अनुभवबारे प्रस्तुति दिएका थिए । नेपालबाट हाल झण्डै सात हजारको हाराहारीमा विद्यार्थी चीनमा अध्ययन गर्दछन् । 





  • प्रकाशित मिति : मंसिर २०, २०७५ बिहीबार ७:१४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया