राष्ट्रियसभा निर्वाचनमा विवेकशील साझा पार्टीले मतदान नगर्ने
फाइल तस्वीर

राष्ट्रियसभा निर्वाचनमा विवेकशील साझा पार्टीले मतदान नगर्ने भएको छ । बुधबार हुने निर्वाचन प्रक्रियामै उक्त दल सहभागी नहुने भएको हो । 

विवेकशील पार्टी संसदीय दलको मंगलबार दिउँसो काठमाडौंमा बसेको बैठकले मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो । विवेकशील साझाको बागमती प्रदेशसभामा ३ जना सदस्य रहेका छन् । 

राष्ट्रियसभा निर्वाचनमा हाल उम्मेदवार रहेको कोही पनि ठीक नलागेका कारण मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरिएको संसदीय दलका नेता रमेश पौड्यालले जानकारी दिए । यस दलले अघिल्लो राष्ट्रियसभाको निर्वाचनमा समेत मतदान गरेको थिएन ।





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १८:१०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया