अत्यधिक चिसो बढेपछि जिल्ला छाड्दै मनाङवासी

अत्यधिक चिसो बढेपछि मनाङवासीले जिल्ला छाड्न थालेका छन् । जिल्लाको तापक्रम माइनस २० डिग्रीमा झरेपछि खानेपानी समेत पाइपमै जमेर हिउँमा परिणत हुँदा जनजीवन थप कष्टकर बनेको छ ।

जाडो छल्न स्थानीयवासी जिल्ला छाडेर कोही लमजुङमा, कोही संघीय राजधानी काठमाडौं, त कोही प्रदेश राजधानी पोखरातर्फ लागेका छन् । अहिले जिल्लामा स्थानीय मानिसको चलहपहल शून्य भएको छ ।

चिसो बढेपछि जिल्ला प्रशासनले कर्मचारी र जनप्रतिनिधिलाई न्यानोसँग बस्न आग्रह गरेको छ । 





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार २०:४९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया