बाइडेनले भने– रुसले युक्रेनमाथि अर्को महिना आक्रमण गर्दैछ

अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् । उनले यसलाई प्रवल सम्भावना भन्दै चेतावनी जारी गरेका हुन् । 

अर्कोतिर रुसले यो विषयमा अब समाधान निस्किने सम्भावना कम भएको बताएको छ । अमेरिकाले आफ्ना मुख्य मागलाई अस्वीकार गरेको भन्दै रुसले यस्तो चेतावनी जारी गरेको हो  ।

यसअघि रुसले युक्रेनको सीमामा झन्डै एक लाख सैनिक तैनाथ गरेको विषयमा चर्चा भएको थियो । रुसले बारम्बार युक्रेनमाथि आक्रमण गर्ने योजना बनाएको अमेरिका र पश्चिमा देशहरुले आरोप लगाएका छन् ।

युक्रेनी राष्ट्रपतिसँग टेलिफोनमा कुराकानी गरेपछि अमेरिकी राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन् । 





  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार २१:३३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया