जनकपुरधाममा प्रधानमन्त्री देउवाको पुत्ला जलाइयो

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध जनकपुरधाममा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुले बुधबार प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन् । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता र निर्वाचनको मिति चाँडै घोषणा हुनुपर्ने मागसहित उनीहरुले टायर बालेर विरोध प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्ला समेत जलाएका छन् । 

स्थानीय शिवचोकमा गरिएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो ।
 
सरकारले मंगलबार पुनः पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्यवृद्धि गरेको छ ।





  • प्रकाशित मिति : माघ १९, २०७८ बुधबार १७:२५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया