भेरी अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु

बाँकेको भेरी अस्पतालमा थप २ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । १२ घण्टाको अवधिमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दाङ र बाँकेका एक/एक जना रहेका छन् । जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत शान्तिनगर गाउँपालिका–३ का ८० वर्षीय पुरुषको बुधबार राति १:५० बजे  र नेपालगञ्ज उपमहानगरपालिका–८ का ८६ वर्षीय पुरुषको बिहीबार बिहान ९ बजे मृत्यु भएको  हो ।

माघ १६ गते कोरोना पुष्टि भएका दाङका पुरुषलाई  त्यसैदिन भेरी अस्पतालमा भर्ना गरिएको र माघ १३ गते कोभिड पुष्टि भएका बाँके नेपालगञ्जका सङ्क्रमित पुरुषलाई पनि सोही दिन अस्पताल भर्ना गरिएको थियो।

हालसम्म बाँकेमा कोरोनाका कारण ३४८ जनाको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार १५:१२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया