पाकिस्तानी क्रिकेटर कसिम अक्रमले बनाए कीर्तिमान

वेस्ट इन्डिजमा जारी आइसिसी यु-१९ विश्वकप अन्तर्गत पाँचौ स्थानका लागि बिहीबार भएको खेलमा शतक पूरा गर्नुका साथै ५ विकेट लिई पाकिस्तानी कप्तान कसिम अक्रमले कीर्तिमान कायम गरेका छन्  ।

योसँगै अक्रम युवा एकदिवसीय क्रिकेटको ४५ वर्षे इतिहासमा एउटै खेलमा शतक पूरा गर्ने तथा ५ विकेट लिने पहिलो खेलाडी बनेका छन् । 

यो खेलमा पाकिस्तानले श्रीलंकालाई २३८ रनले पराजित गर्‍याे ।

सर भिभियन रिचर्ड्स स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ३ विकेट गुमाउँदै ३६५ रन बनाएको थियो । अक्रमले ८० बलमा १३ चौका र ६ छक्कासहित १३५ रनको शतकीय पारी खेले ।

पाकिस्तानका हसिबुल्लाह खानले पनि १५१ बलमा ९ चौका र २ छक्कासहित १३६ रनको योगदान दिए । जवाफमा ब्याटिङ गरेको श्रीलंका १२७ रनमै अलआउट भयो

बलिङका क्रममा अक्रमले १० ओभर बलिङ गर्दै मात्र ३७ रन खर्चिएर ५ विकेट हात पारे । 





  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार १२:११:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया