रुसले युक्रेन संकट नबढाउने आश्वासन दिएकाे छ : फ्रान्सेली राष्ट्रपति म्याक्राेन
फाइल फाेटाे

फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको सीमामा संकट नबढाउने आश्वासन दिएको बताएका छन् ।

म्याक्राेनले राष्ट्रपति जेलेन्स्कीसँग भेट गर्नुअघि पत्रकारको प्रश्नको जवाफ दिँदै उनले यस्ताे बताएका हुन् ।

रुसले सुरुदेखि नै युक्रेनमाथि आक्रमण गर्ने योजना नभएको भन्दै आए पनि युक्रेन र रुसकाे सीमामा करिब एक लाख सैनिक तैनाथ छन् ।

यता, अमेरिकी अधिकारीहरूले युक्रेनी सीमामा आक्रमण गर्न आवश्यक पर्ने ७० प्रतिशत सैन्य क्षमता रुसले जम्मा गरेको दाबी गरेका छन् ।

मस्कोले युक्रेनी सरकारले मिन्स्क सम्झौता कार्यान्वयन नगरेको आरोप लगाएको छ । मिन्स्क सम्झौताले पूर्वी युक्रेनमा सेना र रुस समर्थक सम्प्रदायवादीबीच युद्धविराम गर्न आह्वान गरेको छ।

फ्रान्सेली राष्ट्रपति म्याक्रोन यसै साता दुई देशको राजधानीको कूटनीतिक भ्रमणमा छन् ।



सोमबार उनले रुसी राष्ट्रपति पुटिनसँग मस्कोमा करिब छ घण्टा लामो भेटवार्ता गरेपछि मंगलबार युक्रेनको राजधानी किभ पुगेका थिए ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै म्याक्रोनले रुस र युक्रेनसँग अब वार्ताका साथ अगाडि बढ्दै तनाव कम गर्न ठोस समाधान खोज्ने मौका रहेको बताए ।



यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति पुटिनलाई तनाव कम गर्न ठोस कदम चाल्न आग्रह गरेका छन् ।

उनले भने, ‘म शब्दमा विश्वास गर्दिनँ, हरेक राजनीतिज्ञले ठोस कदम चालेर आफ्नो पारदर्शिता देखाउन सक्छन् भन्ने मेरो विश्वास छ ।’ 

  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार ९:५३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया